
राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न
दाङ, २८ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति तथा गूठी प्रमुख निर्मला डांगीकाे अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि गर्नकालागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने समेत बताए । कार्यक्रममा बिशिष्ट अतिथि बासुदेव रिजाल, डम्बर डाँगी, पत्रकार शोभा डाँगीलगायतको सहभागिता रहेको थियो । गुठियार सदस्य एवं शिक्षिका उशा डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उत्कृष्ट शिक्षक, लेखापाल लीलाराज न्यौपाने, शिक्षक शोभा बुढाथोकी तथा अभिभावकहरुलाई समेत सम्मानित गरिएको थियो । विद्यालयका प्रधानाध्यापक हेमसागर सुवेदीले विद्यालयको प्रगति विवरण समेत पेश गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक चुर्णबहादुर केसीले गरेका थिए ।