दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते
1 min read

दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते

तुलसीपुर, ३० माघ ।

 तुलसीपुरमा बुधबार राति ९ बजेको समयमा एकै दिशा तर्फ जादै गरेका  दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्।

तुलसीपुर-९, दाेघरे पेट्रोल पम्प नजीकै  दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दीय ।

तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै गरेको प्र. ५-०२-००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट गंगादेव गाउँपालिका-१ राेल्पाका ३४ वर्षीय नविन वली घाइते भएकाे प्रहरी निरीक्षक राणाले जानकारी दीय ।

घाइते वलीको दायाँ खुट्टामा चोट लागेको छ । उनको  अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेकाे छ।

दुर्घटनामा  संलग्न रा ३ प ४६७३ नम्बरको मोटरसाइकलका चालक तुलसीपुर-८ कृष्ण मन्दिरका  १८ वर्षीय गंगाराम डाँगी र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *