काभ्रेपलाञ्चोकको भुम्लुमा बोलेरो गाडी दुर्घटनामा भइ वडाध्यक्षसहित ५ जना घाइते
1 min read

काभ्रेपलाञ्चोकको भुम्लुमा बोलेरो गाडी दुर्घटनामा भइ वडाध्यक्षसहित ५ जना घाइते

यही साउन, २३ गते काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *