जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते
1 min read

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो..

जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरकिा अनुसार घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *