दीपिका बैम्फु मगर र खेम सेन्चुरीको दमदार आवाजमा नजर त्यतै छ सार्वजनिक
नेपाली सांगीतिक बजारमा अर्को नयाँ र आकर्षक गीत नजर त्यतै छ आज सार्वजनिक भएको छ ।

लोकप्रिय गायक खेम सेन्चुरी र गायिका दीपिका बयम्बु मगरको सशक्त स्वर गीतमा रहेको छ । यस गीतमा शब्द संगीत भने विक्रम बाबु विश्वकर्माको रहेको छ यस गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ HBN किस्मतले गरेका छन्।
गीतको भिडियोमा गोविन्द पहाडी र आशा विश्वकर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
विनोद भण्डारीको निर्देशन र प्रशान्त मगर को कोरियोग्राफमा तयार भएको भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन प्रबिन भट्ट र कलर मिलन विश्वकर्माले गरेका हुन्। पोस्ट प्रोडक्सन गोधुली क्रियसनले गरेको छ।
सार्वजनिक भएसँगै ‘नजर त्यतै छ’ ले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
