‘मलाई वर्तमानमा बाँच्न दिनुस्, विगत निकालेर घाउ नकोट्याइदिनुस्’: मिडियालाई कानुनी कारबाहीको चेतावनी
1 min read

‘मलाई वर्तमानमा बाँच्न दिनुस्, विगत निकालेर घाउ नकोट्याइदिनुस्’: मिडियालाई कानुनी कारबाहीको चेतावनी

काठमाडौँ ।
 भ्रामक र व्यक्तिगत जीवनलाई जोडेर लगातार समाचार सम्प्रेषण भइरहेको भन्दै मिडिया तथा सञ्चारकर्मीहरूमाथि आक्रोश व्यक्त गरिएको छ। आफ्नो विगतलाई कोट्याएर वर्तमानको पहिचान बिगार्न खोजिएको भन्दै सम्बन्धित पक्षलाई सजग गराउँदै अब त्यस्ता कार्य बन्द नगरे कानुनी उपचारमा जाने चेतावनी दिइएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सञ्चारकर्मीहरूसँग आग्रह गरिएको छ, “मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु।”

‘विगत जीवनको एउटा अध्याय हो, सम्पूर्ण जीवन होइन’

विगतका नराम्रा अनुभव र घटनाहरूलाई बिर्सिएर धेरै अगाडि बढिसकेको स्पष्ट पार्दै वक्तव्यमा भनिएको छ— पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छाडिसकेको अवस्थामा पनि हरेक कुरामा विगत कोट्याउने र पुराना तस्बिरहरू जोडेर समाचार बनाउने प्रवृत्तिले आत्मसम्मानमा चोट पुगेको छ।
“मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्,” वक्तव्यमा आग्रह गरिएको छ।

‘आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन’

आफ्नो क्षमता र आत्मविश्वासका आधारमा अघि बढिरहेको भन्दै आफ्नो पहिचानका लागि कसैको नाम वा सम्बन्धको वैशाखी नचाहिने स्पष्ट पारिएको छ। “यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु— मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन। त्यसैले मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन,” वक्तव्यमा उल्लेख छ।

कानुनी कारबाहीको चेतावनी

लगातार आत्मसम्मानमा आँच पुर्‍याउने, चरित्रहत्या गर्ने तथा भ्रामक समाचार फैलाउने मिडिया र व्यक्तिहरूविरुद्ध अब कडा रूपमा प्रस्तुत हुने चेतावनी दिइएको छ।
अन्तिम चेतावनी दिँदै नोटमार्फत भनिएको छ— “यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्‍याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *