11 Jul, 2026
1 min read

मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण

दाङ, साउन २७ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भइरहेको मतदानका क्रममा मतदान अधिकृतमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदान अधिकृतका रूपमा खटिएका घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहोरामाथि हातपात, अपमान तथा […]

1 min read

मतदान अधिकृतमाथि दुर्व्यवहार सदस्यले छ्यापे ‘मोविल’

  दीपक बोहरा दाङ, २७ असार । दाङको एक विद्यालयमा निर्वाचन गराउन विद्यालयको गेटमै पुगेका घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि एक जनप्रतिनिधिले मोबिल छ्यापेका छन् । घोराही उपमहानगरपालिका १५ का वडा सदस्य लेखनाथ बुढाथोकी(उत्तम)ले पद्मोदय माध्यमिक विद्यालय व्यबस्थापन समितिको निर्वाचन गराउन गएका निर्वाचन अधिकृत समेत रहेका बोहरा माथि शनिबार विहान मोविल छ्यापेका हुन् । […]

1 min read

तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जना घाइते

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडर क्षेत्रमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब ११ः१५ बजे गाइडरबाट महेन्द्र माध्यमिक विद्यालयतर्फ जाँदै गरेको लु प्र ०२–००२४–२२०३ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आएको बा प्र ०१–००६ ख ४२१३ नम्बरको टिप्परले ठक्कर दिएको हो। दुर्घटनामा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–१५ निवासी राजु परियार […]

1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आफ्नै कार्यालय उद्घाटन, संस्थागत विकासमा नयाँ अध्याय

दाङ, वि.सं. २०५७ सालमा स्थापना भएको दाङ जिल्ला फोटोग्राफर एसोसिएसन ले लामो समयको प्रतीक्षापछि आफ्नै कार्यालय स्थापना गर्दै औपचारिक रूपमा उद्घाटन गरेको छ। संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको उक्त कार्यालयको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। नवनिर्मित कार्यालयको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त […]

1 min read

समाजको यथार्थ बोल्ने ‘गौँथली’ साउन १ देखि देशभर प्रदर्शनमा

दाङ, २० असार । बालविवाह, महिला संघर्ष, शिक्षा र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारीस्वरूप चलचित्रको भावनात्मक ट्रेलर सार्वजनिक गरिएको छ । करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षाको सपना बोकेकी एक युवतीले सामाजिक कुरीति, पितृसत्तात्मक सोच र वैवाहिक […]

1 min read

एम्बुलेन्सबाट निकालेर घाइते मारेको अभियोगमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

१८ असार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै […]

1 min read

पेट्रोलियम पदार्थको मूल्य घट्यो, मध्यरातिदेखि नयाँ दर लागू

१६ असार, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा कमी गरेको जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य […]

1 min read

जनताको आवाज उठाउने भरत तिवारी: नायक कि अपराधी ?

काठमाडौं । कहिलेकाहीँ समाजमा यस्ता व्यक्तिहरू जन्मिन्छन्, जसले आफ्ना लागि भन्दा अरूका लागि धेरै बोल्छन्। बिहारको भोजपुर जिल्लाका भरत भूषण तिवारी त्यस्तै एक नाम थिए, जसलाई धेरै स्थानीय बासिन्दाले आफ्नो दुःख र पीडाको आवाजका रूपमा सम्झिरहेका छन्। बाढीले घर बगाएका परिवारहरूको पीडा होस्, कटानले जमिन गुमाएका किसानहरूको समस्या होस्, वा सडक, बिजुली र खानेपानीको अभावमा […]

1 min read

प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

 सामाजिक सञ्जालमा प्र्याङ्क भिडियो बनाएर साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का राजन केसी (३१), डिल्ली बहादुर वली (२८) तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका रघुवीर कोरी (३१) रहेका छन्। ‘Jiban Oli’ नामक युट्युब च्यानलमा […]

1 min read

दाङबासीका लागि आयो निकै खुसीको खबर : वर्षौँदेखिको ठूला जहाज चढ्ने सपना अब साकार हुने संकेत

दाङ । दाङबासीले वर्षौँदेखि देख्दै आएको आफ्नै जिल्लाबाट ठूला जहाज चढ्ने सपना अब विस्तारै यथार्थतर्फ अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन भएपछि स्थानीयमा नयाँ उत्साह थपिएको छ। हाल सीमित क्षमताका जहाज मात्र सञ्चालन हुन सक्ने टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार […]