स्थानीय समाचार
खाजा खर्च बचाएर साथीलाई सहयोग
दाङ, १४ फागुन । सरस्वती ईङ्गलिस बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीले खाचा खर्च बचाएर साथीलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर ५ का कमल घर्ती (सुनिल) को जिवन बचाउनका लागि विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सुनिल विगत २ […]
विश्व कीर्तिमानी सगरमाथा आराेही बुढाले गरे दाङमा प्याराग्लाइडिङ
दाङ, १३ फागुन । रिडी राप्ती द्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेटबाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गरेका हुन । हरि बुढा विश्वकाे शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन् । उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर बिर्टिस आर्मी हुन् । उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. […]
विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई उक्त पोशाक र म्याट सहयोग गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो । […]
तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम
नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ् र नेपाली तरुण दल तुलसीपुर नगर कमीटीको संयुक्त आयोजनामा तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपाल बिद्यार्थी संघ दाङ् जिल्ला सदस्य झग्गु भण्डारीको सभापतित्व एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो । नेपाल तरुण […]
पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस
दाङ, ५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका हुन । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारि पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा […]
महोत्सबमा कलाकार लाई हानेको ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर
दाङ, ३ फागुन । दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भै हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् । उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख (DSP) ठाकुर […]
दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु
दाङ, ३ फागुन । दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ । दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । […]
तुलसीपुर महोत्सवको बाल उद्यानमा खुलेआम लुटतन्त्र
दाङ, ३ फागुन । वरिपरि टिनै टिनको घेराबार । त्यसको बीचमा कडा सुरक्षा व्यवस्था । अनि एक छेउमा व्यवस्थित स्टेज त्यसमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरू । अर्को छेउमा बिचमा बाल उद्यान र त्यसको आडमा लुटतन्त्र । कुनै पनि अस्थायी प्रयोजनका लागि व्यवसायीक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजश्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था […]
रमाइलोका नाउँमा सोझा जनता लुट्दै खुलेआम जुवा
दाङ, २ फागुन । अहिले देशभर विभिन्न किसिमका मेला महोत्सब चलिरहेका छन । यहीँ समयमा दाङका दुई ठुला सहर घोराही र तुलसीपुरमा पनि विभिन्न संघ संस्थाको आयोजनामा पर्यटन प्रबर्धन गर्ने मुल उद्देश्यका साथ मेला महोत्सव संचालन भैरहेको छ । तर दाङका मेला महोत्सब भने अन्य स्थानका भन्दा अल्लि फरक देखिएका छन । दाङ चेम्बर अफ […]
आयोजकलाई भयो दर्शक समाल्न गार्हो ,उर्लीयो तुलसीपुर महोत्सबमा
तुलसीपुर,२ फाल्गुन स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज आठौ दिनमा आज सम्मकै धेरै दर्शकहरूले मैदान भरिभराउ भयको थीयो । महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी , गायिका जोती मगर , मोडेल नीशु श्रीपाली ,गायक देबेन्द्र बस्नेत ,गायक नबीन ओली लगायतले आफ्नो […]
