स्थानीय समाचार
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामिछाने
दाङ, १४असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर अन्त्य हुने बताएका छन् । लामिछानेले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् । शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत […]
रिसको झोकमा मोटरसाइकलमा आगो लगाउने महीला पक्राउ
दाङ ११-असोज/ दाङको घोराहीमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । बुधबार दिउँसो घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोल बस्ने विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए । पक्राउ पर्नेमा घोराही १० सौडिकुला निवासी […]
३ वर्षिय बालकको पोखरीमा डुबेर मृत्यु
रोल्पा ८-असोज/ रोल्पामा पोखरीमा डुबेर ३ वर्षिय बालकको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका २ चयनधारा बस्ने कृष्ण बोहराका ३ वर्षिय छोरा सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएको थियो । बोहराको […]
कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । मृतकको पहिचान […]
खुकुरी प्रहार बाट ४३ वर्षिय रिता लामिछानेको हत्या २ जना घाईते
तुलसीपुर । दाङको तुलसीपुरमा आज दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछाने सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरेका छन ।खुकुरी प्रहार बाट अन्दाजी ४३ वर्षिय रिता लामिछानेको हत्या […]
तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो । संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो । त्यस्तै लुम्बिनी प्रदेश सरकारले […]
दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला
तुलसीपुर,२९ भदौ । दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित रहेको कुलोमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शिशुको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । शिशु कसले र किन फालेको हो […]
ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल
दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैको प्रभावमा परेर काम नगर्ने बताए । भर्खरै सरुवा भएर इप्रका तुलसीपुरको प्रमुख भएर आएका डीएसपी पोखरेले बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए । अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उनले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका […]
आज दीन भरी बीजुली बत्ती नआउने
दाङ, २३ भदौ । तुलसीपुर क्षेत्रमा आज शनिबार विधुत लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने विधुत लाइन वरिपरीको रुखका हाँगाबिगा र रुख काट्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशेलीका अनुसार भोलि बिहान १० बजे देखि साझ ५ बजेसम्म […]
दाङको चखौरा थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेकको बस दुर्घना ,७ जनाको मृत्यु
दाङ,२३ भदौ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।दाङको चखौरामा रहेको थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेमा दुर्घना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् […]
