स्थानीय समाचार
प्रधानमन्त्री प्रचण्डद्वारा प्युठान कार दुर्घटनामा मृत्यु हुनेप्रति समवेदना प्रकट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ […]
मृत्यु भएका मध्ये८ मध्य ७ जनको सनाखत एक को हुन बाकी
दाङ,२९ जेठ । स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बर को जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।घटना मा परी मृत्यु हुने हरु मध्ये ७ जनाको सनाखत भएको छ, भने अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुने सबै दाङका हुन् । प्रहरीका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका […]
दाङमा बाघको छाला र हड्डीसहित ४ जना पक्राउ
२७ जेठ, दाङ । दाङमा बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका- ९ को अमिलियामा […]
गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण
दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायिका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन टि.भी पत्रकार संघ नेपाल दाङ शाखा […]
बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती
घोराही, १८ जेठ । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, […]
बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं. को बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नं.को कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। दुर्घटनामा कार चालक […]
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
११-जेठ/ रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर […]
कपुरकोट बाटा तुलसीपु आउदै गरेको जीप दुर्घटना, ५ जना घाईते
तुलसीपुर, २२ बैशाख / कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको जिप र रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा खस्दा ५ जना घाइते भयको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान ११:४० मा पिकअप जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक र जिपमा सवार […]
श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन् । घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ । मेघराजलाई प्रहरीले वैशाख ८ गते […]
एचआर मगर टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास
तुलसीपुर । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखा र लोकदोहोरी गायिका टीका सानुको पहलमा तुलसीपुर वडा नं. १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जीसी र गायिका टिका सानुले संयुक्तरुपमा सिलान्यास गरेका हुन् । शनिबार एक कार्यक्रम गरी […]
