कपुरकोट बाटा तुलसीपु आउदै गरेको जीप दुर्घटना, ५ जना घाईते
तुलसीपुर,
२२ बैशाख / कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको जिप र रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा खस्दा ५ जना घाइते भयको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान ११:४० मा पिकअप जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। 
दुर्घटनामा मोटरसाइकल चालक र जिपमा सवार ४ जना सहित ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते पाँच जनाको तुलसीपुर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। गाडी र मोटरसाइकल बाटोदेखि ६० मिटर तल खसेको थियो ।
घाइते हुनेहरूमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ९ बस्ने बर्ष ३८ का मेघराज योगि ,त्यसैगरी जिपमा सवार तुलसीपुर ३ राम्री बस्ने बर्ष १७ कि शारदा केसी ,राम्री बस्ने बर्ष १० का तेज बहादुर खत्री , जिप चालक सल्यान कपुरकोट गाउँपालिका सलाम बस्ने बर्ष १९ का जोगेन्द्र बलामी मगरको, जिपका सहचालक कपुरकोट ५ सलाम बस्ने बर्ष १७ का रबिन पुन रहेको प्रहरीले जानकारी दिएको छ। 
