देश का धेरै ठाउमा  भारी वर्षाको सम्भावना
1 min read

देश का धेरै ठाउमा भारी वर्षाको सम्भावना

दाङ्।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३-६ घन्टामा दाङको बागासोति,लालमाटिया,घोराही,शुक्रबारे,भालुबाङ,लमही,रातामाटा र प्यूठानको बिजुवार,मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको, राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सबैमा सतर्क रहन जल तथा मौ विले सबैलाई जानकारी गरायको छ । 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *