‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, पहिलो हुनेलाई १ लाख पुरस्कार
काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ ।
विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई एक लाख रुपैयाँ नगद प्रदान गरिने छ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले ओस्कार कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन् । यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ ।