गाईका समीक्षा अधिकारीलाई हेर्न दर्शक नआउदा स्टेजनै नचडी फर्किईन
दाङ, ११ चैत्र । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी हुन ।

कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए । तर दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले जानकारी दिएको छ

कार्यक्रममा कुनै दर्शक सहभागी नभएपछि गायिका स्टेजमा गइनन् तर आफूहरुले पारिश्रमिक भने दिएर काठमाडौं फर्काएको आयोजकले जानकारी दिएको छ ।
