राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैनः रमेश खरेल
1 min read

राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैनः रमेश खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताए । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बताए । उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए ।

उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताए । उनले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गरे । उनले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताए । उनले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *