राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि
1 min read

राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि

दाङ :  तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुरले आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार  सम्पन्न फाइनल खेलमा सहारा फुटबल क्लब लखनउलाई ट्राइबेकरमा ६ का विरुद्ध ५ गोलले पराजित गर्दै राइजिङ स्टारले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाइनलमा सम्मानजनक हार ब्यहोरेको सहारा उपविजेतामा सीमित रहँदै नगद १ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयमा गोलरहित बराबर भएपछि  खेलको नतिजा ट्राइबेकरबाट निकालिएको  हो । हिरा डाँगी फाउण्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षता  अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी ( कुमार )  को प्रमुख आतिथ्यता एव शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यता भएको भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले खेल क्षेत्रको विकासमा राज्यको दृष्टि पुग्न नसकेको बताए ।

निजी संघ संस्थाले खेलकुद धानिदिएको छ,  यसमा राज्यको दृष्टि पुग्न सकिरहेको छैन स्थानीय स्तरमा फुटबलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरूलाई थप प्रोत्साहन हुने तवर बाट फाउन्डेसनले गरेको प्रतियोगिताको उनले उच्च प्रशंसा गर्दै फाउन्डेसन लाई आगामी सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।  साथै , उनले यस्ता प्रतियोगितालाई स्थानीय सरकार तथा सरोकारवालाहरूको सहयोग गर्नु  पर्ने भन्दै  यस्ता प्रतियोगिताले स्थानीय स्तरमा दक्ष खेलाडीहरू उत्पादन भई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा व्यवसायिक  खेलाडीहरूलाई थप टेवा पुग्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *