करिब ६ किलो चरेससहित दाङकी आशा बर्दियामा पक्राउ
दाङ : दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ । चौधरीको […]
पोखराको लेखनाथ अर्चलेमा अनौठो तरीकाले बस दुर्घटना
पोखरा, १७ चैत पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]
देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा
शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]
१९ वर्षीया युवतीको हत्या अभियुक्त सार्वजनिक
जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया युवती पदमा सुनारको बीभत्स हत्यामा संलग्न अभियुक्त प्रहरीले लाई आज सार्वजनिक गरेको छ । बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरी को प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न […]
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी जेठी छोरी आरती हमाल सोमबार भारतको जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन् । आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि खोजिदिन हमालले आग्रह गरेका छन् । ‘हिजोदेखि […]
मोटरसाईकल पसल भित्र छिर्दा ३ जना घाइते
१२ चैत दाङको तुलसीपुर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन। तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो। सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पसलमा छिरेको हो । प्रसेनीमा पसल गर्दै आईरहेका लोक बहादुर हलवाईको पसलमा मोटरसाइकल […]
गाईका समीक्षा अधिकारीलाई हेर्न दर्शक नआउदा स्टेजनै नचडी फर्किईन
दाङ, ११ चैत्र । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी हुन । कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट […]
करेन्ट लगेर एकै परिवारका तीन जनाको मृत्यु
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ तल्लो मसुरिया चोकमा आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० […]
‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त […]
शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित
दाङ, २४ फागुन । दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ । दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र […]
