महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने
तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक […]
सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई
महाशिवरात्रीको पूर्व सन्ध्यामा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले तुलसीपुर १२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई एवं डस्टबिन वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसदलाई सरसफाई एवं ध्वजा पतङ्ग टाँगी चिटिक्क पारीयको छ। भोलि हुन गइरहेको शिवरात्रीको मेलालाई मध्यनजर गर्दै मन्दिर सरसफाई तथा सजाउने काम गरिएको हो। मोबाइल व्यवसाय समितिका […]
मेला मा आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा
तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू चर्चित कलाकारहरू प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका […]
बालवालिकालाई पोसिलो आहारा वितरण वितरण
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वार्ड न. ११ स्वास्थ्य चौकीको सहकार्य तथा अजरवैजान एम्बेसीको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालवालिकालाई पोसिलो आहारा वितरण वितरण” कार्यक्रम तुलसीपुर ११मा सम्पन्न गरिएको छ । उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रभा परियार ज्यू अध्यक्षता एवं सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी. को प्रमुख […]
प्रधानमन्त्री केपी शर्मा ओलीलेगरे विमास्थलको अवलोकन
दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । सोमबार विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । “यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीसँगै नेकपा ९एमाले० महासचिव शङ्कर […]
सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले दिए राजीनामा
तुलसीपुर, १ फागुन । तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा […]
घोराहीकाे ट्राफिक चोक नजिकैका पसलमा आगलागी
दाङ, ३० माघ । घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहित अन्य चार पसलमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कोशिस गरिएको छ । समयमै उद्धार टोली पुगेकोले ठूलो मानवीय क्षति […]
तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि १ गते उद्घाटन
दाङ : तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार मेला स्थल मा पत्रकार सम्मेलन को आयोजनागरी सो कुराको जानकारी दीयको हो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव -२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको […]
पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउँदै
दाङ,२२ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ […]
ज्योतिपुन्जमा वैदिक विधि अनुसार बालबालिकालाई अक्षरारम्भ
दाङ, माघ २१। दाङको घोराही उपमहानगर वडा न २ रामपुरमा रहेको ज्योतिपुन्ज मोडेल इङलिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर आज सोमबार नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती देविको मूर्तिको प्राणप्रतिष्ठा सहित वैदिक विधि अनुसार पूजापाठ गरि मन्दिरमा पूजापाठको शुभारम्भ गरिएको छ । ज्योतिपुन्ज मोडेल स्कुलभित्र मिनि हरियाली पार्कसगै सरस्वती मन्दिर स्थापना […]
