स्थानीय समाचार
दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न
दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत फुड टेस्टिङ कार्यक्रम सम्पन्न गरेका छन्। कुमाख कलेज सँगको समन्वयमा आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो १५ दिने अभ्यासलाई समापन गरेका हुन्। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी उपस्थित अतिथिहरूलाई ती परिकारका विशेषता, प्रयोग गरिएका सामग्री तथा बनाउने विधिबारे […]
तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु
दाङ,१२ बैशाख । तुलसीपुर उपमहानगरपालिका- १७ रत्न उद्यान नजिकै निर्माणाधीन तालमा डुबेर १९ वर्षीय नवराज बिकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्न नजान्दा डुबेका हुन् । साथीहरूले उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् । घटना पछि ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी टोली पुगेर स्थानीय र विपद् व्यवस्थापन टोलीको […]
दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर
रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना युवाले सामूहिक लगानीमा तुलसीपुरमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि मोबाइल व्यवसायको क्षेत्रमा अनुभव बटुलेका चुडामनी शर्मा, आकाश खनाल र बिमल भण्डारीले […]
तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी
दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला
दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
धारीलो हतीयार सहीत ८ जना पक्राउ
तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु
तुलसीपुर,१३ चैत । छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो । उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको […]
आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका वेदबहादुर बुढा
दाङ,१२ चैत । मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए । कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई […]
धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या
तुलसीपुर, १२ चैत । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं।१९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षीया श्रीमति कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । विहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार […]
अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश – विशेष समारोह सम्पन्न
दाङ् तुलसीपुर बाट संचालन हुदै आयको अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको छ । अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाका प्रधान सम्पादक विकास डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको उपस्थिति रहेको थियो। त्यस्तै, अतिथिहरूमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र […]
