स्थानीय समाचार
रक्तदान मानव सेवाको उच्चतम रूप भन्दै तुलसीपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
कात्तिक ५ तुलसिपुर, दाङ लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रस तुलसिपुर शाखामा देखिएको रक्त अभावलाई सम्बोधन गर्न बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आज सफलतापूर्वक सम्पन्न गरेको छ। रक्तदान कार्यक्रमका बोल्दै प्रमुख अतिथि सुरेश हमालले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै समाज सेवामा यस्ता कार्यक्रमले पुर्याउने योगदानबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उहाँले “रक्तदान जीवन बचाउने […]
नक्कली नोट सहित तुलसीपुरबाट चार जना पक्राउ
कात्तिक ३० दाङ, दाङको तुलसीपुरबाट नक्कली नोट कारोबार गर्दै गरेका चारजना लाई प्रहरीले नियन्त्रण गरेको छ। बिहिवार साझ ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा र वडा नं.५ बसपार्क पिपल बोट देखी हजारका नक्कली नोट अबैध रुपमा कारोबार गर्दै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली नोट कारोबार भैरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी […]
आज गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउदै !
कात्तिक २७, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सातबास कात्तिक २७ गते हरिबोधनी एकादसिको दिन लाग्ने पौराणिक धार्मिक मेलामा गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउन लागेका छन् । नवज्योति संस्कृति युवा क्लब तुलसीपुर ३ कल्लेको २२ औं वार्षिकोत्सबको अवसमा आयोजनामा गरिएको हरिबोधनी एकादशीको दिन लाग्ने पौराणिक धार्मिक मेलामा आज चर्चित लोकदोहोरी गायक क्रिश […]
देउसी भैलो खेलिरहेका ३० जना घाईते
१९ कात्तिक, बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो […]
कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाइँदै
कात्तिक १४ दाङ कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमराजले लोकको […]
सल्यानमा धान र पराल बोकेको ट्रक दुर्घटना , तीन जनाको मृत्यु
कात्तिक १२ सल्यान सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली […]
तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु
कार्तिक ११ तुलसिपुर दाङ । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो […]
चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न
कात्तिक ११ दाङ युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो। बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त […]
रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु
कात्तिक १० दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ। रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु […]
