स्थानीय समाचार
मिडिया हाउस द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग
दाङ । एचआर मिडिया हाउस प्रालिले संचालन गरेको ईगल खबर डट कमले दोस्रो वार्षिकोत्सवको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । प्रालिले मंगलबार तुलसीपुर–३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो । प्रालिले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा […]
स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते
दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जाँदै गरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र रा.६ प ९१ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ । पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका […]
दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार बराइली घाइते
दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीका बरिष्ठ हवल्दार देव बहादुर बराइली घाइते भएका छन । तुलसीपुर–७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर आइतबार […]
प्रेमीद्धारा प्रेमीकको ह त्या प्रेमीले गरे प्रहरी सामु आत्मसमर्पण
बाँके। नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा कार्यरत १९ वर्षीया निर्मला थापाको आफ्नै प्रेमी प्रकाश सुनारले हत्या गरेका छन्।बाँके प्रहरीका अनुसार ३३ वर्षीय सुनारले थापाको सलले घाँटी बेरेर हत्या गरेका हुन्। उनीहरू नेपालगन्ज–१२ बेलासपुरस्थित स्वस्तिक कटेजमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए। थापा दैलेख स्थायी घर भएकी हुन्। घटनापछि प्रकाशले एक दिनपछि मृतकका परिवारलाई फोन गरी हत्या गरेको जानकारी […]
मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ
दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर […]
तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल
दाङ्को तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल खुलेको छ । स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले उद्घाटन गरेका हुन । तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कुलको उद्घाटन पछि अध्यक्ष केसीले पहिलो पटक तुलसीपुरमा बेकरी सम्बन्धी सीप सिकाउन स्कुल खेलेकोमा खुसी व्यक्त गरेका थिए । स्कुलबाट धेरै सर्वसाधारणले बेकरी सम्बन्धी ज्ञान […]
मज्गैमा स्थित एक सुन पसल चोरी
दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ मज्गैमा स्थित एक सुन पसल चोरी भएको छ । सोही ठाउँ निवासी पदम बिकले सञ्चालन गर्दै आएको बिजु सुन चाँदी पसलमा गए राती चोरी भएको हो । १२ आनाको दुई जोडी बाला , एक तोला दस आनाको सुनको सिक्री दुई थान , २४ आनाको २४ पिस सुनको […]
जन्म दिनको अवसरमा खाद्यान्न तथा फलफुल वितरण
तुलसीपुर–६ का दोर्ण बहादुर बस्नेत हाल अमेरिकामा बसोबास गर्दै आएका छन । हाल अमेरिकामा भएता पनि बस्नेतले आफ्नो जन्म दिनको अबसर पारी आज मानव सेवा आश्रम दाङ शाखामा चामल, फलफुल, लगायतका सामाग्री वितरण गरेका हुन् । जन्म दिनमा फजुल खर्च गर्नु भन्दा उक्त रकम बचाई गरिब दुखी तथा बेसहाराहरुलाई थोरै भएपनी केही सहज होस् भन्ने […]
स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता हो : पूर्वमुख्यमन्त्री चौधरी
दाङ : लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता भएको बताए । मङ्गलबार तुलसीपुर ६ डुर्मी गाउँस्थित भुँयार थानमा दुई महिने मन्टेश्वरी, कम्प्युटर र अचार उत्पादन तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुने बताए । आजको युगमा […]
दाङमा एक शिक्षकमाथी खुडा प्रहार
दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी […]
