मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
काठमाडौँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो। पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर […]
एच.आर. मिडिया हाउसद्धारा विद्यार्थीलाई न्यायो कपडा वितरण
दाङ, ३ पौष । एच.आर. मिडिया हाउस तुलसीपुर दाङले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार दाङको बबई गाउँपालिका ७ मलईमा रहेका देउती माध्यामिक विद्यालयका ५० जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो । मिडिया हाउसका प्रबन्धक एच. आर. मगरको अध्यक्षतामा एवं मिडिया हाउसका सल्लाहकार विकास डाँगीको प्रमुख आतिथ्यमा एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
नवराज विक हत्या प्रकरणको फैसला , २३ जनालाई जन्मकैद
१७ मंसिर, जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा […]
आजियाटाले गर्यो नेपालबाट बाहिरिने घोषणा
काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । […]
ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड
१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा […]
स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते
९ मङ्सिर, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै […]
बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
९ मंसिर, । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । […]
दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…
७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]
जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट
२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि […]
टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र
काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसंगै टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]

