मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते
दाङ, १ मंसिर । दाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको […]
कलाकार दिपाशा बीसीको निधन
काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]
गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ
२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी […]
जाजरकोट सदरमुकाममै खुला आकाशमुनि गर्भवती १० दिनको बच्चा र भूकम्प पीडितहरु
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहारेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलाङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलाङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छदैछ, उनीहरुलाई खाद्यान्नको समेत […]
रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु
काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश […]
६.४ म्याग्निच्युडको भूकम्प केन्द्रबिन्दु जाजरकोट
दाङ्, शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुशार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन […]
तुलसीपुरमा सयपत्री फुल र मालाको मुल्य निधारण
दाङ : तुलसीपुर उपमहानगरपालिका प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा कडाइका साथ रोक लगाएको छ , भने उपमहानगरमा व्यवसायिक रुपमा गरिएका सयपत्री फूल र मालाको मूल्य पनि निर्धारण गरेको छ । बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवालासँग गरिएको छलफलपछि फूल तथा मालाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।तुलसीपुरमा १५ जना युवाले व्यवसायिक र सरकार तथा निजी […]
वडाध्यक्ष कप टि – २०क्रिकेट सुरु, वडा न ११ र १२ को बिजयी सुरुवात
दाङ : तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि – २० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ११ आयोजनामा अमर मावि उरहरी खेल मैदानमा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र […]
सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु
बाल्टीमोर । जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो । हर्ट […]
सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण
काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको […]

