orangekhabar
कसले कसले जीतेत दोहोरीगीत प्रतिष्ठानको चुनाव ?
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र […]
यातायात व्यवसायीहरू माथि सिन्डीकेटका नाममा राज्यबाट अपमान भयो : अध्यक्ष स्वाँर
दाङ : नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरले अहिले यातायात व्यवसायीहरू स्वस्थ रहेपनि यातायात व्यवसाय स्वस्थ नरहेको बताए । शुक्रबार दाङको तुलसीपुरमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जुन नीति पद्धतिमा यातायात व्यवसाय जानु पर्ने हो ? त्यसअनुसार अगाडि बढाउन सरकार चुकेको आरोप लगाए […]
नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटायो
नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटाएको छ। दाङ एयरपोर्टमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको थियो। त्यही अनुसार फागुन १३ गते देखि लागू हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो। यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौं दाङ ६ […]
घोडा चढेर पार्क घुम्न पाईने
दाङको तुलसीपुर ७ स्थितरहेको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा घोडा सफारी सुरु भएको छ । शुक्रबार ग्रीन फाउण्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा शुक्रबार सो उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ । ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले उद्यानलाई घोडा हस्तान्तरण गरेका हुन् । दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा […]
गोल्टाकुरीमा महायज्ञ लाग्ने
दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा फागुन १४ गतेदखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ फागुन १४ गतेदेखी २१ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीले जानकारी दिए । सप्ताह दंगीशरण गाँउपालिका वडा नं १ […]
३० महिनामा निर्माण सकिने सडक ४ वर्ष हुँदासम्म पुरा भएन् : सांसद गिरी
दाङ : नेपाली कांग्रेसका नेता एवं दाङ निर्वाचन क्षेत्र ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले […]
दोस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि ज्ञानज्योतिलाई
दाङ : तुलसीपुरमा सञ्चालित सर्वाधिक पुरस्कार राशिको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि इनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता टरिगाउँ युवा क्लबले तुलसीपुर १२ लाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले उपाधि जितेको […]
लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर
दाङ : लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएको छ । गत माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त गरिएको छ । प्रदेश प्रमुखको कार्यालय अनुसार जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त गरिएको छ । कार्यालयले […]
सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार
सल्यान, ७ फागुन ।सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छिन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षिया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते […]
टरिगाउँ क्लब दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको फाईनलमा
लक्ष्मण बस्नेत,तुलसीपुर, टरिगाउँ युवा क्लब तुलसिपुर १२ तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफए लाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल […]
