13 Nov, 2026
1 min read

कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाइँदै

कात्तिक १४ दाङ कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमराजले लोकको […]

1 min read

सल्यानमा धान र पराल बोकेको ट्रक दुर्घटना , तीन जनाको मृत्यु

कात्तिक १२ सल्यान सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली […]

1 min read

तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

कार्तिक ११ तुलसिपुर दाङ । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो […]

1 min read

चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न

कात्तिक ११ दाङ युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो। बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त […]

1 min read

रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

कात्तिक १० दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ। रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु […]

1 min read

बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड गोरखा मावि तुलसीपुरका जिएमलाई

दाङ, ९ कार्तिक । गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियन युनिभर्सिटी, क्यानबेरामा करेज रिडर्सद्वारा प्रस्तुत २०२४ को बर्ष उत्कृष्ट अवार्ड गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले  प्राप्त गरेका हुन् । उनलाई अष्ट्रेलियामा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो । त्यस्तै गोरखा मोडेल स्कुल […]

1 min read

मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

५ कात्तिक । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया […]

1 min read

दाङको तुलसीपुरमा एक महिला मृत फेला

तुलसीपुर, ३ कात्तिक । दाङको तुलसीपुरमा एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लीइ २ वटा छोरा सहित बस्दै आएकी २८ बर्षकी मिना कठायत मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो हो […]

1 min read

बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ

दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।

1 min read

तुलसीपुरमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने

दाङ :  तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी  र ११ केभी  फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने […]