मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
९ मंसिर, । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । […]
दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…
७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]
जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट
२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि […]
टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र
काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसंगै टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]
यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते
दाङ, १ मंसिर । दाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको […]
कलाकार दिपाशा बीसीको निधन
काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]
गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ
२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी […]
जाजरकोट सदरमुकाममै खुला आकाशमुनि गर्भवती १० दिनको बच्चा र भूकम्प पीडितहरु
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहारेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलाङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलाङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छदैछ, उनीहरुलाई खाद्यान्नको समेत […]
रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु
काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश […]
६.४ म्याग्निच्युडको भूकम्प केन्द्रबिन्दु जाजरकोट
दाङ्, शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुशार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन […]

