मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
तीज गीत हरीयो भयो बन बरीलै बजारमा
हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै मध्ये आज मात्र गाईका सीता भण्डारी र घनश्याम केसीको तीज को गीत हरीयो भयो बन बरीलै बजारमा आयको छ । गीतमा सीता भण्डारीको सब्द संगीत रहेको छ ।गीतलाई खेम गौतमले एरेन्ज गरका हुन भने गीतको मीक्सींङ् महेश बिक्रम पाण्डेले […]
फेलोसिप ट्रेनिङ सेन्टरले गर्यो सम्मान तथा बधाई कार्यक्रम
दाङ तुलसीपुर ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी ले नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रमलाई सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभापति सुरेश हमालले आफ्नो […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं ,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल […]
गुडीरहेको बसमा करेन्ट लाग्दा बाबू छोरा को मृत्यु
तुलसीपुर, २१ असार । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुबाहक बसमा विद्युतीय तारले छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ । भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर-सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुई […]
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा भारतबाट पक्राउ
काठमाडौं, १२ असार । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर सोमबार […]
सर्पको टोकाईबाट दाङमा एक बालिकाको मृत्यु
दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरिपौरीकी १३ बर्षीया दिक्षा वलीको मृत्यु भएको हो । वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो । राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका […]
ममीको खुशी को लागी विवाह गराइदिएका हौं : आयुष्मान
काठमाडौं । यतिबेला सेलिव्रिटी बैंकर रविना देशराज जोशीको विवाह सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ । आमाको विवाह गराइदिएपछि छोराहरु आयुष्मान र आशिरमानलाई पनि नेटिजन्सबाट प्रशंसा मिलिरहेको छ । बेलायती प्रेमी स्टुआर्ट च्याप्म्यानसँग रविनाले यसैसाता विवाह गरिन् । दुबैजनाका छोराछोरीले बाबुआमाको विवाह गराइदिएपनि सामाजिक संजालमा यो विवाहलाई लिएर सकारात्मक प्रतिक्रिया मिलिरहेको हो । अभिनेता […]
अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ
काठमाडौं, ९ असार । अवैध रूपमा सीमापार गर्दै “अमेरिका जान खोजेका” कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ । अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले […]
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
९ असार, दाङ । दाङमा चट्याङ लागेर दुई जनाकाे मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका […]
बाढी पहिरो अपडेट : ६ को मृत्यु, ६ घाइते २९ बेपत्ता
काठमाडौं ४-असार/ अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका […]

