मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
दोश्रो हिरा डाँगी स्मृति कप फुटबल : एसएसएफए र टरिगाउँ सेमिफाइनलमा
लक्ष्मण बस्नेत दाङ : तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा स्पोर्ट्स स्कुल फुटबल एअकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोर ब्रदर्स नवलपरासी लाई एकका विरुद्ध तीन गोल […]
काठमाडौंबाट ३, यात्रु लीयर दाङ आयो सीता एयर
दाङ, सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्न सुरु गरेको छ । बुधबारदेखि उडान भरेको एयरले अब हप्तामा तीन दिन उडान भर्ने छ । एयरका क्षेत्रिय प्रबन्धक विनोद मिश्रका अनुसार सोमबार, बधबार र शनिबार उडान भर्नेछ । यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, […]
जननेता भण्डारीले संस्कृत शिक्षा पढेकाले नै सृजनात्मक क्षमता थियोः राष्ट्रपति भण्डारी
दाङ, राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासंग आफ्नो ब्यक्तीगत र भावनात्मक सम्बन्ध रहेको बताईन् । बुधबार दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताईन् । ‘यस संस्कृत शिक्षासंग मेरो ब्यक्तीगत र भावना सम्बन्ध पनि रहेको छ’,उनले भनिन्‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहन्थ्यो, संस्कृत बाङ्मयको गहन अध्ययन […]
लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा
दाङ, लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । […]
आज ‘भ्यालेन्टाइन डे’
दाङ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्। विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको […]
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
काठमाडौं । सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो । विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि […]
आन्दोलनकारीद्वारा प्रहरी भ्यान सहीत बीट मा आगजानी
१ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा […]
दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा
दाङ : तुलसीपुर अरनिको मैदानमा फागुन २ देखी हुनलागेको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ । फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आवश्यक पर्ने सबै प्रकारका तयारी लाई तिव्र पार्दै तयारी अन्तिम चरणमा […]
‘सार्वजनिक बिदाले जनयुद्धकै अपमान गर्यो’
१ फागुन, काठमाडौं । माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन । ‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा निर्णय भएको बुझियो’ स्रोतले भन्यो, ‘माओवादी बाहेकका दलका केही मन्त्रीहरुले विरोध गर्नुभएछ, तर प्रधानमन्त्रीज्यूले म दबाबमा छु, अरु पछि छलफल गरौंला भनेपछि […]
चितवन–२ को उपचुनावमा रवि उम्मेदवार हुन पाउँछन् पाउछनत ?
२९ माघ, काठमाडौं । निर्वाचन आयोगले १० वैशाख २०८० मा चितवन–२ मा उपनिर्वाचनको घोषणा ग¥यो । ४ मंसिरको चुनावमा त्यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका कारण सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । गत आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू फेरि चितवन–२ मा उम्मेदवार हुने घोषणा […]

