मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै
देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका […]
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
दाङ : यही फागुन १८ गतेदेखि घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवका लागी गठन भएका विभिन्न समिति उपसमितिहरूले […]
सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नुपर्छ : अध्यक्ष बस्नेत
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य भन्दा […]
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य […]
वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली
काठमाडौ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आज प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका हुन् । […]
ग्राहक हरु लाई उपहार बाट्दै ओरेन्ज मोबाईल
तपाई कुनै पनी इलोक्ट्रोनिक सामान कीन्दै हुनुहुन्छ अथवा मोबाईल कीन्दै हुनुहुन्छ या बीग्रीयाको मोबाइल बाउने सोच मा हुनुन्छ ओरेन्ज मोबाईल शप तुलसीपुरले तीन सय देखी माथीका जुनसुकै सामान को खरीद गर्ने ग्राहाक हरु लाई एउटा भाग्यसाली उपहार कुप्पन दीदी आयको छ । प्रतेक तीन महीनामा उपहार को नतीजा फेसबुक र टीक टक लाईभ गरी सार्बजनीक […]
खाजा खर्च बचाएर साथीलाई सहयोग
दाङ, १४ फागुन । सरस्वती ईङ्गलिस बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीले खाचा खर्च बचाएर साथीलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर ५ का कमल घर्ती (सुनिल) को जिवन बचाउनका लागि विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सुनिल विगत २ […]
विश्व कीर्तिमानी सगरमाथा आराेही बुढाले गरे दाङमा प्याराग्लाइडिङ
दाङ, १३ फागुन । रिडी राप्ती द्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेटबाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गरेका हुन । हरि बुढा विश्वकाे शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन् । उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर बिर्टिस आर्मी हुन् । उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. […]
विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई उक्त पोशाक र म्याट सहयोग गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो । […]
नेपालीहरुले भारतमा पनि भारतीय सिमकार्ड पाउने
काठमाडौं, ८ फागुन। नेपालीहरुले भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् । उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

