मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
तुलसीपुर महोत्सवमा रमेशराज भट्टराई, सांगीतिक माहोलमा झुमे हजारौँ दर्शक
तुलसीपुर, दाङ । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक रमेशराज भट्टराईले आफ्नो प्रस्तुती राखेका थीय । उनका लोकप्रिय गीतहरूमा हजारौँ दर्शक झुम्मिँदा महोत्सवको माहोल नै संगीतमय बनेको थियो। स्टेजमा उक्लिनासाथ भट्टराईले आफ्ना चर्चित तथा नयाँ गीतहरू प्रस्तुत गर्दा दर्शकको भिडले साथ दिएको थियो । गीतसँगै दर्शकको ताली र हुटिङले कार्यक्रम स्थल भरिभराउ देखिन्थ्यो। विशेषगरी युवापुस्ताको […]
प्रकाश सपुतले तताय तुलसीपुर महोत्सव
दाङ, ११ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज गायक प्रकाश सपुतको आगमनसँगै मेलास्थलमा उत्साहको ज्वारभाटा उर्लियो । दर्शकको अभूतपूर्व उपस्थितिले महोत्सव परिसर खचाखच भरिएको मात्र थिएन, सपुतको गायकीले दर्शकलाई कहिले भावुक बनायो त, कहिले उत्साहले उफ्रिएर नाच्न बाध्य पार्यो । महोत्सवको मञ्चमा सपुतले जब आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभयो, वातावरण […]
तुलसीपुर महोत्सवमा आज उर्लियो जनसागर , भोलि प्रकाश सपुत आउँदै
दाङ, १० पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज दर्शकहरूको थामिनसक्नु भिड लागेको थीयो । महोत्सवको सातौँ दिन आज गाउँ–गाउँबाट हजारौँको संख्यामा दर्शकहरू ओइरिएपछि महोत्सवस्थल खचाखच भरिएको हो । महोत्सवमा आज दर्शकको उपस्थिति अहिलेसम्मकै उच्च देखिएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । संयोजक केसीले महोत्सवले अपेक्षा गरेभन्दा बढी सफलता […]
चीसो मौषममा गायिका समीक्षा अधिकारीलाई दंगालीको न्यानो माया
दाङ, ९ पुस । दाङ दाङको तुलसीपुरमा जारी महोत्सवमा चर्चित गायिका समीक्षा अधिकारीले धमकेदार प्रस्तुति दिएकी हुन । महोत्सवको छैठौँ दिन आज सांगीतिक कार्यक्रम अन्तर्गत बुधबार स्टेज चढेकी अधिकारीले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेकि हुन । अधिकारीले शिरमा शिरबन्दी, ‘हावा चिसो चिसो’ जस्ता दर्जन बढी चर्चित गीतहरू गाउँदा दर्शकहरूले हुटिङ र तालीका साथ […]
पशुपति शर्माको प्रस्तुतिले ततायो तुलसीपुरको महोत्सव
दाङ, ८ पुस । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको ‘प्रथम तुलसीपुर महोत्सव’ को पाँचौँ दिन आजको माहौल निकै उल्लासमय बनेको छ । पुसको कठ्याङ्ग्रिदो जाडोलाई समेत चुनौती दिँदै आज महोत्सवको मञ्चमा चर्चित लोक गायक पशुपति शर्माले आफ्नो धमाकेदार प्रस्तुति मार्फत दर्शकहरूलाई निकै छमछमती नचाएका छन् । महोत्सव स्थलमा उपस्थित हजारौँको संख्यामा रहेका दर्शकहरू शर्माका मौलिक गीतहरूको […]
तुलसीपुर महोत्सवमा रानाको धमका : स्टेज छाडेर दर्शकमाझ पुग्दा झुम्यो जनसागर
दाङ, ७ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता थपिँदै गएको छ । महोत्सवको चौथो दिन सोमबार चर्चित लोक दोहोरी गायक श्याम रानाको विशेष प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन् । ‘चक्लेटी गायक’को उपनामले समेत चिनिने रानाको जादुमय स्वर र प्रस्तुतिले महोत्सव स्थल साँझसम्म नै गुञ्जायमान बनेको थियो । कार्यक्रमको मुख्य आकर्षण तब […]
महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए
दाङ : तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा दिनप्रतिदिन रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउनेमात्रै नभएर स्टलबाट सामान खरिद गर्नेको पनि भिडभाड रह्यो । महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए । महोत्सवमा गायक कुलेन्द्रको प्रस्तुति आउँदा चिसोको कुनै प्रवाह नगरी साँझसम्म रमाए । […]
सुनचादी पशल मा गोली चलाउने सार्बजनिक
दाङ : गत मङ्सिर २० गते दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने अभियुक्तलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत बंगलाचुली गाउँपालिका–४, काभ्रे निवासी ३३ वर्षीय लेखराज केसीलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार केसीलाई शुक्रबार बिहान करिब ७ बजे राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको […]
अब फिल्म हेर्न बाहिर जानु पर्दैन ! तुल्सीपुरमै २० करोडको लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुँदै
नबीन वली तुल्सीपुर, दाङ — दाङको तुल्सीपुर उपमहानगरपालिका– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँमा करिब २० करोड लागतमा अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो । स्थानिय लगानीकर्ता र व्यवसायीको संयुक्त पहलमा अघि बढाइएको यस परियोजना अन्तर्गत दुई पर्दा तथा ५०० बस्ने क्षमता भएको आधुनिक फिल्म हल बनाउने निर्णय गरिएको छ । तुलसीपुर निवासी […]
प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सव आगामी पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी सहित आयोजना हुने महोत्सवमा लोकदोहोरी […]

