मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता
२९ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले […]
श्रीमदभागवत महापुराण तथा शिव चर्चा मा रातको समयमा पनी भक्तजनको भीड
दाङ : तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमदभागवत महापुराण तथा शिव चर्चा २०७९ को छैठउ दिन सोमबार रात को समयमा पनी भक्तजनहरूको उपस्थिति बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असहाय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ […]
आइसिसी विश्वकप लिग २: पीएनजीमाथि नेपालको सानदार जित
काठमाडौ२५ फागुन/ आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्र्तगत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पन्छाएको पीएनजी ४७ दशमलब १ ओभरमा रनमा २४५ अलआउट भयो । उसका लागि नर्मन भानुवाले ६० , टोनी उराले ५० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २, कुशल […]
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
काठमाडौ२५ फागुन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाए । पौडेलले प्राप्त गरेको मतभार […]
अञ्जली अधिकारी भन्छिन् बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस्
काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् । हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे […]
‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म
काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो । पठानको विश्वव्यापी कलेक्सन एक […]
सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासमा छ : प्रसाई
तुलसीपुर,२२-फागुन/ लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरीरहेको बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रसाईले यस्तो बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र […]
आजदेखि राष्ट्रपति निर्वाचनको प्रचार प्रसारमा रोक
काठमाडौं२२-फागुन/ निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, […]
जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुने
दाङ : तुलसीपुर उपमहानगरपालिका ५ नयाँ वषपार्क पुलचोकमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को तयारी तिव्र पारिएको छ । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुन लागेको हो । आयोजक जयशिव मंहाकाल मानवसेवाले श्रीमदभागवत महापुराणको तयारी तिव्र पारिएको जनाएको छ । अहिले महापुराण सञ्चालन […]
आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदै
दाङ, रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि […]

