मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
दाङमा एक शिक्षकमाथी खुडा प्रहार
दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी […]
नवजात बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला
तुलसीपुर, बैशाख १७ / दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित बेलन्या डाँडा नर्सरीमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ। स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो। प्रहरीका अनुसार शव मृत अवस्थामा करिब साँझ ५:१५ बजे भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त शिशु करिब ९ महिना पुरा भई जन्मिएको बालिका रहेको खुलेको […]
तुलसीपुर उपमहानगरपालिकाको गाडिले ठक्कर दिदा दुई जना घाइते
दाङ, १६ बैशाख । दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाको गाडिले स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ सुकैरा रोडस्थित सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको सरकारी गाडिले एकै दिशातिर जाँदै गरेको प्र.२-००१ प-१६७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना घाइते […]
तुलसीपुरमा रेडमी a5 को नयाँ मोडेल लन्च
दाङ, तुलसीपुर रेडमी a5 को नयाँ मोडेलको मोबाइल तुलसीपुरमापनि लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार लन्च गरेको छ। तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन […]
नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु
८ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो। आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले […]
गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेकोहु सार्वजनिक
दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज […]
गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न
घोराही २१ चैत्र गुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता आज सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ। प्रतियोगिता ५ समुहको सहभागितामा सञ्चालन गरिएको थियो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीका ३ जनाको समुह भएका ५ वटा समुहले भाग लिएका थिए। प्रतियोगितामा हसल समुह , भाइपर […]
तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण
कृष्ण अधिकारी धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको छ। प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिनुभयो। […]
तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते
तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको […]
ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि
दाङ : बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौँ जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई […]

