11 Nov, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

जातिय अहंकार र विभेदले खोसिएको खुसी: मार्मिक कथा बोकेको नयाँ सांगीतिक कोसेली ‘यता हेरन’ सार्वजनिक

इनरुवामा भन्सार छलीको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि हातपात, महिला व्यापारी नियन्त्रणमा

दाङमा ‘आ बाट आमा २’ का कलाकारलाई भव्य स्वागत: पल शाह, आकाश श्रेष्ठ र मलिका महतसँग भेट्न उर्लियो दर्शकको भीड

तुलसीपुरमा मोटरसाइकल चोरीका घटना बढ्दै, बीपी चोकबाट फेरि बाइक चोरी; प्रहरी प्रशासनलाई सुरक्षा चुनौती

दसैँको उमङ्गमा बज्रपात: घोराहीमा मोटरसाइकल दुर्घटनामा टोपबहादुरको निधन, गाउँभरि छायो सन्नाटा

कञ्चनपुरको बेलौरीमा नाबालकमाथि कुटपिट र अमानवीय व्यवहार: ५ जना पक्राउ, १ फरार

समाचार

Latest News

1 min read

जातिय अहंकार र विभेदले खोसिएको खुसी: मार्मिक कथा बोकेको नयाँ सांगीतिक कोसेली ‘यता हेरन’ सार्वजनिक

काठमाडौं/दाङ — देवी घर्ती मगर र नन्दू परियारको सुमधुर स्वर तथा आर.के. परियारको शब्द/संगीतमा नयाँ सांगीतिक भिडियो ‘यता हेरन’ सार्वजनिक भएको छ    समाजमा अझै पनि गढेर बसेको जातिय छुवाछुत र यसले प्रेम सम्बन्धमा पार्ने गम्भीर असरको कथा यो गीतमा उतारिएको छ। प्रेमी-प्रेमीकाबीचको चोखो प्रेमलाई ‘जात मिलेन’ भन्दै समाजले अस्वीकार गर्दा उत्पन्न हुने मानवीय वियोग […]
1 min read

इनरुवामा भन्सार छलीको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि हातपात, महिला व्यापारी नियन्त्रणमा

इनरुवा, सुनसरी — सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित हनुमान चोकमा भन्सार छलेर ल्याइएको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि हातपात भएको छ। आइतबार दिउँसो भएको यस घटनाले स्थानीय क्षेत्रमा केहीबेर तनाव उत्पन्न गराएको थियो। सशस्त्र प्रहरी स्रोतले दिएको जानकारी अनुसार, बिहान ८ बजे १०० केजी चिनीको मात्र भन्सार काटेर, त्यसको आडमा तीन बोराभन्दा […]
1 min read

दाङमा ‘आ बाट आमा २’ का कलाकारलाई भव्य स्वागत: पल शाह, आकाश श्रेष्ठ र मलिका महतसँग भेट्न उर्लियो दर्शकको भीड

तुलसीपुर, दाङ — बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ का लोकप्रिय कलाकारहरूलाई दाङमा एक भव्य कार्यक्रमबीच स्वागत गरिएको छ। चलचित्रका मुख्य कलाकारहरू पल शाह, आकाश श्रेष्ठ र मलिका महत दाङस्थित भिएफएक्स सिनेमा हल (VFX Cinema Hall) मा आइपुग्दा उनीहरूलाई स्वागत गर्न दर्शकहरूको उल्लेख्य र उत्साहित उपस्थिति रहेको थियो। आफ्ना प्रिय कलाकारहरूलाई नजिकबाट हेर्न र […]
1 min read

तुलसीपुरमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र: म्याद गुज्रिएका सामग्री जफत, होटेललाई सरसफाइको निर्देशन

तुलसीपुर (दाङ), असोज १४ गते। आगामी दशैँ तथा तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बजार अनुगमनलाई तीव्र बनाएको छ। उपमहानगरपालिकाले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि तुलसीपुर बसपार्क क्षेत्रमा सञ्चालित होटेल, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा संयुक्त टोलीमार्फत स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा केही किराना पसलहरूमा म्याद गुज्रिएका सामग्री भेटिएपछि […]

1 min read

महाधिवेशनको चटारोमा कांग्रेस: २८ वर्षअघि ज्यान गुमाएका शहीद शालिकरामका परिवार भने अझै न्यायको पर्खाइमा

दाङ । नेपाली कांग्रेस यतिबेला आफ्नो १५ौँ महाधिवेशनको संघारमा छ। देशभर नेतृत्व चयन, शक्ति प्रदर्शन र पार्टीको भावी दिशाबारे तताउने बहस भइरहेका छन्। तर, यही उत्साह र चुनावी चहलपहलका बीच दाङका एक शहीद परिवार भने २८ वर्षदेखि एउटै अनुत्तरित प्रश्न बोकेर बसेका छन्—‘पार्टीका लागि ज्यान दिनेको परिवारले कहिले न्याय र सम्मान पाउने?’  तत्कालीन माओवादी सशस्त्र […]

1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना आइतबार बिहान करिब ४ देखि ५ बजेको बीचमा भएको हो। पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको […]

1 min read

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा, ११ असोजः जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ । दुवै […]

1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

निरन्तरको वर्षाका कारण दाङको तुलसीपुर र घोराही जोड्ने ग्वारखोला पुलको पूर्वी भाग (सडकतर्फको पहुँच मार्ग) भासिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। अविरल वर्षासँगै आएको बाढीले पुल नजिकैको सडकको भाग कटान गरी भासिएकाले सवारी साधन सञ्चालनमा उच्च जोखिम भएपछि आवागमन ठप्प पारिएको हो। सुरक्षा टोली परिचालन:** घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर […]

1 min read

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३, दोभानमा भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको दोभानमा लागेको आगलागीबाट प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्। करिब ५० घरधुरी रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्। आगलागीको कारण भने अहिलेसम्म […]

1 min read

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर, दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज तुलसीपुरमा सम्पन्न भएको छ। Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो।कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको […]

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]

1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]

1 min read

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]