मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
महासचिव विप्लव दाङ आउँदै
कार्तिक ६,दाङ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका दाङ जिल्ला इन्चार्ज सविन सिले बताएका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको […]
मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
५ कात्तिक । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया […]
रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
कात्तिक ४ पोखरा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने लाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । उनलाई पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा […]
देशका केहि भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने
कात्तिक ४ आइतबार ! हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जानकारी दिएको छ । यस्तै कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम […]
पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालत लगिँदै
कात्तिक ४ पोखरा काठमाडौं बाट पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले यो जानकारी दिनुभएको हो। सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति […]
आधुनिक चीनको विकासबाट नेपालले पनि धेरै कुरा सिक्न चाहेको छ _ प्रचण्ड
काठमाडौं, ३ कार्तिक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले पनि धेरै कुरा सिक्न चाहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डल सँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनु भएको हो । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि […]
दाङको तुलसीपुरमा एक महिला मृत फेला
तुलसीपुर, ३ कात्तिक । दाङको तुलसीपुरमा एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लीइ २ वटा छोरा सहित बस्दै आएकी २८ बर्षकी मिना कठायत मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो हो […]
राखियो रास्वपाका सभापति लामिछानेलाई स्वास्थ्य परीक्षणपछि हिरासत
पोखरा कात्तिक ३ सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले पोखरामा छन् । हिजो मात्र जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट प्रहरीले पक्राउ गरी लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा लगिएको थियो । लामिछानेलाई बिहान ३ बजेतिर […]
बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ
दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।
गायक अर्जुन सापकोटाले गरे बिहे
दाङ, २३ असोज । लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । उनले दिपा सिंम्खडासँग विवाह गरेका हुन् । उनीहरूकाे विवाह समारोह काठमाडौं गंगबुको एक ब्यांक्विटमा आयोजना भइरहेको छ । यी दुईबीच प्रेम विवाह भएको हो ।

